१ न. प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश
मोरङ । प्रदेश नं १ को प्रदेश सभामा प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।
प्रदेशसभामा सभामुख प्रदीपकुमार भण्डारीले अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने अनुमति दिनु भएपछि सो प्रस्ताव सदनमा टेवुल भएको हो ।
आज २ बजे बोलाइएको बैठक अपराह्न ३ः५५ बजे शुरु भई करिब ६ मिनेट मात्र सञ्चालन भएको थियो ।
प्रदेश सभाको अर्को बैठक यही फागुन २० गते १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्