सुनको मूल्य तोलामा ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार तोलामा ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइबार प्रतितोला ८९ हजारमा कारोबार भएको छ । आइतबार तेजाबी सुन तोलामा ८८ हजार ५५० मा कारोबार भएको छ ।
आइतबार चाँदी तोलामा तोलामा २५ रुपैयाँले बढेर एक हजार ३३० मा कारोबार भएको छ ।








प्रतिक्रिया राख्नुहोस्