अर्थमन्त्रीद्वारा पाल्पा र रुपन्देही जोड्ने केबलकारको शिलान्यास

रुपन्देही । अर्थमन्त्री विष्णु पौडेलले बुटवल फुलबारीदेखि पाल्पा र रुपन्देहीको संगमस्थल नुवाकोट गढी जोड्ने सिद्धार्थ केबलकारको शिलान्यास गर्नुभएको छ ।
बुटवलदेखि उत्तरपश्चिम नुवाकोट जोड्ने केबलकार सिद्धबाबा केबलकार प्रालिले निर्माण गर्दैछ । सिद्धार्थ केबलकारको शिलान्यास गर्नुहुँदै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले विकास हेर्न र सिक्न रुपन्देही जानुपर्छ भन्ने गरी विकास गर्ने दाबी गर्दै रुपन्देही मुलुककै लागि विकास सिक्ने पाठशाला बनेको बताउनुभयो । आफुहरुले सम्भावना छैन भनेको अन्तर्राष्ट्रिय विमानस्थल बनाएर रुपन्देहीमा विकासका लागि जे पनि सम्भव छ भन्ने कुराको पुष्टि गरेको बताउनुभयो ।
उहाँले बुटवलमा निर्माणाधीन बुटवल बेलहिया ६ लेन सडक, बुटवल पोखरा डेडिकेटेड डवल लेन सडक, बुटवल नारायणगढ सडक, र डिपीआर बनिसकेको बुटवल गोरुसिंगे सम्मको सडक निर्माण पुरा हुँदा रुपन्देही मात्र नभइ लुम्बिनी प्रदेश नै विकासको रोलमोडल हुने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्