तपाईँ सुन्दै हुनुहुन्छः

कारको ठक्करले एकको मृत्यु, दुई जना गम्भीर घाइते

File Photo
सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चोक नजिकै आइतबार कारको ठक्करले मोटरसाइकलमा सवार एकजनाको ज्यान जानुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान ६ बजेतिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा१०च २५२४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा२६प २२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ बस्ने २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको हो ।
ठाउँकोमा गम्भीर चोट लागेको चौधरीलाई स्थानीय युनिक अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल सवार सिरहाको लहान नगरपालिका २० निवासी २५ वर्षीय प्रेम चौधरीको सोही अस्पतालमा तथा सुरुङ्गा नगरपालिका १ बस्ने अर्का घाइते ४५ वर्षीय प्रेम चौधरीको युनिक अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button