तपाईँ सुन्दै हुनुहुन्छः

विस्थापित पुनर्स्थापना गर्न छिट्टै आयोग गठन हुने : वन मन्त्री आले

कञ्चनपुर । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले २०५८ सालमा आरक्षण विस्तारका क्रममा विस्थापित भएकाहरूको आज सम्म पुनर्स्थापना नभएकाले तिनीहरूको पुनर्स्थापनाका लागि आफूले १९ दिन भित्र आयोग गठन गरी काम सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले आयोजना गरेको चौथो शुक्लाफाँट पर्यटन महोत्सवमा बोल्दै मन्त्री आलेले सात वटै प्रदेशहरूमा चिडियाखाना र देशका २५ वटा स्थानहरूमा वन्यजन्तु सिन्चुरीयो खोल्ने कार्यका लागी आवश्यक गृह कार्य भइरहेका समेत बताउनुभएको छ ।
उहाँले सुदूरपश्चिम प्रदेशको एक मात्र शुक्लाफाँट राष्ट्रिय निकुञ्ज विभिन्न समस्याका कारण पर्यटकहरु आउने क्रम घटेकाले पर्यटकीय पूर्वाधार विकास गरी पर्यटन भित्राउन थप बजेटको व्यवस्था गर्ने समेत बताउनुभएको छ ।
उहाँले कानुनी अप्ठेराका कारण वन क्षेत्रबाट ठुला ढुङ्गा उठाउन नपाउँदा रोकिएको महाकाली नदिमा निर्माणाधीन चार लेनको पक्की पुलको कार्यलाई ६ महिना भित्र सम्पन्न गराउन मन्त्री परिषद्माबाट संशोधन गरेर भए पनि कार्य अगाडि बढाइने बताउनु भयो ।
चौथो शुक्लाफाँटा पर्यटन महोत्सव, २०७७ आज आइतबारबाट एक साता सम्म सञ्चालन हुने छ । सो अवधिमा आन्तरिक तथा विदेशी पर्यटकहरूले निकुञ्जमा जङ्गल सफारी गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button