तपाईँ सुन्दै हुनुहुन्छः

भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं.३ मा आज भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रसौनी गाउँपालिका वडा नं.५ बस्ने ४० वर्षीय दुर्योधन चौधरीको रहेका छन् । ना १ ज ८८३९ नम्बरको म्याजिक भ्यानले ना४प ५१२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न भ्यानसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button