विकास निमार्ण कार्यमा युवा परिचालन
अछाम । अछामको मेल्लेख गाउँपालिकाले विकास निमार्ण कार्यमा युवाहरूलाई परिचालन गरेको छ । पालिका भित्र हुने विकास निमार्णका कार्यमा युवाहरूलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी दिगो विकास र रोजगार, युवाको सरोकार भन्ने नाराका साथ विकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताउनुभयो । विद्युत् बिस्तारका लागि ५० जना युवाहरूलाई परिचालन गरिएको बोहराले बताउनुभयो ।
पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागि ४ करोड २२ लाख ९१ हजार ३ सय बजेट रहेको र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने योजना पालिकाको रहेको बोहराले जानकारी दिनुभयो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष धन बहादुर शाहीले विकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताउनुभयो ।
उहाँले विशेष गरी बालविवाह न्यूनीकरणमा निकै चुनौति रहेको भन्नुहुँदै अब ठोस कार्य योजना बनाएर अगाडी बढ्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्