तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा दोस्रो चरणमा ८३ प्रतिशतले कोरोना विरुद्धको खोप लगाए

सप्तरी । सप्तरीमा दोस्रो चरणमा ८३ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सप्तरीको ७ स्थानमा सञ्चालन गरिएको खोप केन्द्रमा ३ हजार २ सय ३८ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।

दोस्रो चरणमा ३ हजार ७ सय ९४ जना हसभागी हुने भनिएता पनि ३ हजार २ सय ३८ जनाले मात्र खोप लगाएको यादवले बताउनुभयो ।

फाल्गुन २ गतेदेखि ८ गतेसम्म जिल्लाका विभिन्न सात स्वास्थ्य संस्थामा खोप लगाउने कार्य सञ्चालमा रहेको थियो ।

पहिलो चरणको खोप कार्यक्रममा ९८.३४ प्रतिशले खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सरकारी कार्यालय, संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि, कर्मचारीलाई खोप लगाएका छन् ।

यसबाहेक पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीहरुले पनि खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button