पाल्पामा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
पाल्पा । पूर्वखोला–४, देवीनगरमा बालुवाको ढिस्कोले पुरिएर एक जना बालिकासहित दुई जनाको मृत्यु भएको छ । देवीनगरको बलीपोखरा खानीमा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पूर्वखोला–४, देवीनगरकी १३ वर्षीया पवित्रा सारु र ३६ बर्षीया मायादेवी सिं सारु रहनुभएको छ । बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
स्थानीय बासिन्दाको घर बनाउन सहयोगका लागि बालुवा खन्न गएका नौँ जनामध्ये पाँच जनालाई बालुवाको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
बालुवाको ढिस्कोले पुएिका तीन जनाको खुट्टा मात्र पुरेकोले जीवितै उद्दार गरिएको थियो । मृतक मायादेवी स्थानीय मातृभूमि मावि देविनगरको शिक्षक र पवित्रा सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्