साताभरमा नेप्से करिब ११० अङ्कले बढ्यो
काठमाडौँ । यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से करिब ११० अङ्कले बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २५६२.९२ विन्दुमा बन्द भएको नेप्से, यो साता ४.३४प्रतिशत अर्थात् १९०.७६अङ्क बढेर २६३६.६८ विन्दुमा पुगेको छ ।
साताको पहिलो कारोबार दिन ३३.३३ अङ्क ओरालो लागेको नेप्से बाँकी कारोबार दिनमा बढेको थियो ।
नेप्सेसँगै यस साता अन्य सूचकहरू पनि बढेका छन् नेप्से बढे पनि यो साता कारोबार रकम भने गत साताको तुलनामा केही घटेको छ । गत साता ४५ अर्ब २७ करोडको शेयर किनबेच भएको बजारमा यो साता ४४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै कुल बजार पुँजीकरण पनि बढेको छ । यो साता मात्रै नेप्सेको कुल बजार पुँजीकरण २ खर्ब २७ अर्ब रुपैयाँले बढेको छ । गत साता ३४ खर्ब ६ अर्ब रुपैयाँ रहेको यस्तो पुँजीकरण यो साता बढेर ३६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्