तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समुहद्वारा ईन्भेष्टमेन्ट बैंकको मोटरसाइकलमा आगजनी 

जुम्ला । जुम्लामा शुक्रबार राती अज्ञात समुहले नेपाल इन्भेष्टमेन्ट बैंक शाखा जुम्लाको मोटरसाइकलमा आगजनी गरेको छ ।

चन्दननाथ नगरपालिका ५ नम्बर वडास्थित बैंक कार्यालय नजिकैको गल्लीमा पार्किङ गरिएको क १ प ५० नम्बरको मोटरसाइकलमा शुक्रबार राति करीब १२ बजेतिर आगजनी भएको डिएसपी माधव प्रसाद काफ्लले बताउनुभयो ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल इन्भेष्टमेण्ट बैंक शाखा जुम्लाका सिनियर स्टेसन हरिबहादुर बुढाले बताउनुभयो । आगजनीकै क्रममा नागरिकले थाहा पाएकोले ठुलो क्षति हुन नपाएको बुढाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button