तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमतीको हत्यापछि फरार तामाङ इलामको सीमा क्षेत्रबाट पक्राउ 

इलाम । श्रीमतीको हत्यापछि फरार रहेका सूर्योदय नगरपालिका ५ खरबने टोलका दिनेश तामाङ नेपाल भारतको सिमानाबाट पक्राउ परेका छन् ।

गत फागुन २ गते राति तामाङले आफ्नै श्रीमती १९ वर्षीया गीता तामाङलाई शरीरका विभिन्न भागमा कुटपिट गरी हत्या गरेका थिए ।

पक्राउ परेका तामाङमाथि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लाल ध्वज सुवेदी जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button