तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट १ सय ३६ जना निको, ८८ जनामा संक्रमण

file photo

काठमाडौँ । आज कोरोना भाइरसको सङ्क्रमणबाट १ सय ३६ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको छ ।

आज देशभर २ हजार ४८ वटा नमूनाको परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार ३ सय ५१ पुगेको छ ।

देशभर रहेका १ हजार ५ सय ३५ सक्रिय सङ्क्रमितमध्ये ५४ जनाको आइसियु र १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button