तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक अब आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ : मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक अब आर्थिक क्रान्तिको बाटोमा अघि बढेको बताउनुभएको छ ।

काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले मुलुकमा राजनीतिक परिवर्तन आइसकेकोले अबको एजेण्डा आर्थिक विकास र समृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले व्यवसायमा इमानदारिता र गुणस्तरीयता हुनुपर्ने भन्नुहुँदै व्यवसायमैत्री नीति बनाउन व्यवासायीहरुसंँग छलफल गर्न आफू तयार रहेको बताउनुभयो ।

उहाँले व्यवसायीको पिर मर्कालाई सरकारले बुझेर साना व्यवसायीहरूका लागि गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र बैष्णवले सरकारले विद्युतीय व्यवसायीका लागि विद्युत् महसुल, तिर्नुपर्ने राजश्व लगायतका विषयमा सहुलियत दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button