बुटवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु
रुपन्देही । बुटवल उपमहानगरपालिकामा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारदेखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको हो ।आगामी १० गतेसम्म चल्ने उक्त प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै उपमहानगरपालिकाका विद्यालय तहमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरूले यस्तो छनोट प्रतियोगिताले बाहिर ल्याउन मद्दत पुर्याउने बताउनुभयो ।
बुटवल ११ देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा शुरु भएको प्रतियोगिता अन्तरगत नगरका संस्थागत र सामुदायिक गरी ३० विद्यालयको सहभागिता रहने काउछाले जानकारी दिनुभयो ।
कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागी रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछन् । राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने काउछाले जानकारी दिनुभयो ।
प्रतियोगितामा एथलेटिक्स, रिले दौड, हाइ जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी, कराँते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरू हुने छन् । पहिलो दिन कालिका मानव ज्ञान माविका विद्यार्थीहरूले पिटी लगायतका आकर्षक खेल प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्