तपाईँ सुन्दै हुनुहुन्छः

‘सात महिनामा ८ खर्ब ३ अर्बको वस्तु तथा सेवा आयात’

काठमाडौँ । चालु वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब रुपैयाँ बराबरका विभिन्न वस्तु तथा सेवाहरू आयात भएको भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको सुरुआतदेखि नै गत वर्षभन्दा कम रकमको आयात भइरहेकोमा अहिले आयात पुरानै अवस्थामा फर्किएको हो । चालु वर्षको ६ महिनासम्म गत वर्ष भन्दा चार प्रतिशतले कम आयात भएको थियो ।

आर्थिक वर्षको सात महिना पूरा हुँदा भने आयात गत वर्षकै हाराहारीमा आइपुगेको भन्सार विभागले जनाएको छ  । गत आर्थिक वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको थियो भने चालु वर्षको यही अवधिमा पोहोर भन्दा ४ करोड रुपैयाँ बढीको आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । चालु वर्षको साता महिनामा ६९ अर्ब ९९ करोडको निर्यात भएको छ ।

हालसम्म सबैभन्दा धेरै रकमको आयात हुने वस्तुमा डिजेल रहेको छ । सात महिनामा आयल निगमले ३९ अर्ब ७० करोड मूल्य बराबरको डिजेल आयात गरेको छ । यस्तै, फलामजन्य वस्तु आयातको दोस्रो नम्बरमा परेको छ । यो सात महिनामा करिब ३८ अर्ब रुपैयाँको आयात भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button