वाणिज्य बैङ्क, जुम्लाद्वारा २ करोड व्यापारिक कर्जा लगानी
जुम्ला । कोभिड प्रभावित व्यापारिक उत्थान तथा कोभिडले थला परेको आर्थिक उकास्नका लागि राष्ट्रिय वाणिज्य बैङ्क जुम्लाले व्यापारिक कर्जा लगानीमा प्राथमिकता दिएको छ । ऋण लगानीमा अन्य क्षेत्र भन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्राथमिकता दिएको पाइएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क शाखा जुम्लाले चालु आवको हालसम्म २ करोड बढी व्यापारिक कर्जा लगानी गरेको छ । जसमा जुम्ला शाखाबाट ८ जना कोभिड प्रभावित व्यापारीलाई १ करोड ३३ लाख व्यापारिक कर्जा सहुलियत ब्याजमा दिएको राष्ट्रिय वाणिज्य बैङ्क जुम्लाका निमित्त प्रबन्धक हेमन्त न्यौपानेले बताउनुभयो ।
त्यस्तै वाणिज्य बैङ्कको प्रदेश शाखा सुर्खेतबाट जुम्लाका व्यापारीहरूका लागि व्यापारिक तथा हायर(प्रचेच) शीर्षकबाट १ करोड व्यापारिक कर्जा स्वीकृत भएको छ ।
साथै, जुम्ला शाखाबाटै ३ जना विपन्नलाई १२ लाख बराबरका विपन्न कर्जा दिइएको छ ।
राव बैङ्क जुम्लाका अनुसार कर्जा लिनेमा होटेल व्यवसायी, पर्यटन व्यवसायी, किराना पसल तथा कपडा पसलका व्यापारीहरू रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्