हेटौँडामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो (फोटो फिचर)

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रवार ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा शुक्रवार प्रभात फेरी, झण्डात्तोलनसहित सभाको आयोजना गरी बेलुन उडाउनुका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेर दिवस मनाइएको हो ।

दिवसका अवसरमा शुक्रवार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राङ्गणबाट प्रभात फेरीसहित बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री एवम् मूल समारोह समितिका संयोजक डोरमणि पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो ।

नेपाली सेनाद्वारा सलामी अर्पण, बेलुन उडाउनुका साथै दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी समेत प्रदर्शन गरेका थिए ।











प्रतिक्रिया राख्नुहोस्