तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृहत् सरसफाइ कार्यक्रमको आयोजना 

कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
नगरपालिकाका उप प्रमुख सुशिला चन्द सिंहको नेतृत्वमा कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले बजार क्षेत्रमा सरसफाइ गरेका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button