दश जना कैदीको कैद सजाय मिनाहा
सप्तरी। सप्तरीस्थित राजविराज कारागारका दश जना कैदीको कैद सजाय मिनाहा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको राजविराज कारागारका निमित्त जेलर संजयकुमार रामले बताउनुभयो ।
कैद मिनाहा पाउनेहरुमा बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लगायत मुद्दाका कैदीबन्दीहरु छन् ।प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप उनीहरुको कैद सजाय मिनाहा भएको हो । शुक्रवारै केही बेरमा उनीहरुलाई रिहा गरिने निमित्त जेलर रामले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्