कारागारमा बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा

सल्यान। आमाबुवासँगै कारागारमा बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा आएका छन् ।आमाबुवाले गरेको गल्तीका कारण कारागारमै बस्दै आइरहेका पाँच बालबालिकाहरु प्रजातन्त्र दिवसको अवसरमा आमाबुवाको कैद मिनाहा भएपछि आमाबुवासँगै खुला आकासमा प्रवेश गरेका हुन ।
घरमा संरक्षकको अभावहुँदा कारागारमा आमाबुवासँगै बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा गएको कारागारका जेलर बल बहादुर केसीले बताउनुभयो । बहुविवाह गरी कारागार बस्दै आइरहेका आमाबुवासँगै ती बालबालिका लामो समयदेखि कारागारमा बस्दै आइरहेका थिए ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा सल्यान करागारबाट सात कैदीबन्दीको कैद मिनाहा भएको छ । बहुविवाह र कतव्र्य ज्यान मुद्धाका सात कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।
दुई महिला र पाँच पुरुष गरी सातजनाको कैद मिनाहा गरिएको जिल्ला कारागार सल्यानका जेलर बल बहादुर केसीले बताउनुभयो। उहाँका अनुसार पाँच जना बहुविवाह र दुई जना बहुविवाह मुद्धामा ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्