तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परि एकको मृत्यु एक घाईते

File Photo

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हिजो सांझ धनगढीबाट कञ्चनपुरतर्फ गइरहेको ना ४४ प ९७०४ नम्बरको मोटसाइकल हुलाकी सडक अन्तरगत पुर्नवास नगरपालीका १ ढक्कामा बिजुलीको पोलमा ठोक्किँदा भएको दुर्घटनामा परि चालक बेलौरी नगरपालिका–८ कलकत्ताका २३ वर्षीया गोबिन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएका चौधीको उपचारका क्रमामा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले वताउनु भएको छ ।

मोटरसाइकलमा सवार अर्का कलकत्ताकै २३ वर्षीय हिक्मत चौधरी घाइते भएका र उनको सेती अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button