तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया प्रारम्भ

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा आज हस्ताक्षर भएको छ ।

काठमाडौँमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा खगेन्द्र जिसी र चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको र गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताउनुभयो ।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उहाँले बताउनुभयो । यस्तै संस्थापकको तर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रुपैयाँ लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button