तपाईँ सुन्दै हुनुहुन्छः

फागुन मसान्तभित्र कर बुझाए छुट पाइने

काठमाडौँ । आन्तरिक राजस्व विभागले विगतमा करमा दर्ता भएका तर कर विवरण नबुझाएका र कर नतिरेकालाई यही फागुन मसान्तभित्र शुल्क बुझाएर सरकारले दिएको छुटको उपयोग गर्न आग्रह गरेको छ ।

विगतमा आय आर्जन गरेका तर करमा दर्ता नभएकाले २०७५/७६ सम्म पछिल्लो २ आर्थिक वर्षको विवरण र कर बुझाएमा त्यस भन्दा अघिको सबै जरिवाना र शुल्क मिनाहा हुने र विगतमा करमा दर्ता भएका तर आय विवरण र कर नबुझाएकाको हकमा २०७५/७६ सम्म पछिल्लो ३ आर्थिक वर्षको कर विवरण र कर बुझाएमा जरिवाना र व्याज शुल्क मिनाहा गरेको छ ।

यसै गरी आन्तरिक राजस्व कार्यालय दाङले आय आर्जन गर्नेहरूलाई करको दायरामा ल्याउन करदाता शिक्षा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको कार्यालय प्रमुख गोपी कोइरालाले जानकारी दिनुभयो ।

कार्यालयले चालु आर्थिक वर्षको हालसम्म लक्ष्यको तुलनामा ११२ प्रतिशत राजस्व असुली गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button