तपाईँ सुन्दै हुनुहुन्छः

‘महिलालाई राजनीतिक प्रशिक्षण आवश्यक’

बझाङ  । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा महिला नेता डा.डिला सङ्ग्रौलाले सामाजिक कुरीति, मूल्य,मान्यता र लैङ्गिक विभेदका कारण ग्रामीण भेगका महिलाहरूलाई राजनीतिमा आउन अवरोध भएकाले महिला नेतृत्वलाई अगाडि बढाउन राजनीतिक प्रशिक्षणको आवश्यक भएको बताउनु भएको छ ।

नेपालको संविधान साथै पार्टीका विधानहरूले पनि महिला सहभागितालाई जोड दिएको उल्लेख गर्नुहुँदै डा.सङ्ग्रौलाले सहर बजार क्षेत्रमा केही महिलाहरू राजनीतिमा लागेका भए पनि ग्रामीण भेगका महिलाहरू अझै राजनीतिमा लाग्न नसकेको बताउनुभयो ।

सदरमुकाम चैनपुरमा आज नेपाल प्रेस युनियन बझाङले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्नुहुँदै महिलाहरूलाई उच्च मनोबलका साथ राजनीतिमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले हाल राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्रावधान भए पनि ५० प्रतिशत सहभागिताका लागि आफु लागि परेको बताउनुभयो ।

उहाँले महिला र पुरुषको सहभागिताबाट मात्रै समाज र देश अगाडी बढ्नेमा जोड दिनुभयो  ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button