तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिगको अक्सनमा अनसोल्ड

फाइल तस्बिर

काठमाडौँ । नेपाली क्रिकेटर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिगको अक्सनमा अनसोल्ड भएका छन् ।

लगातार तीन सिजनमा दिल्लीबाट खेलेका सन्दिप अनसोल्ड भएका हुन । नेपालबाट सन्दिपसहित शुरुमा ८ खेलाडीको नाम दर्ता गरिएकोमा अन्तिममा उनी मात्रै २९१ जनाको सूचीमा अटाएका थिए । ६१ नम्बरमा रहेका उनको न्यूनतम मूल्य ४० लाख भारु रहेको थियो । चेन्नाइमा भएको अक्सनमा उनलाई कुनै पनि टिमले लिएनन् ।

सन् २०१८ मा दिल्लीबाट आइपिएलमा डेब्यु गरेका सन्दिपले ९ म्याचमा १३ विकेट लिएका छन् । दुई सिजन टिममा परेर खेलेका सन्दिप युएईमा भएको पछिल्लो आइपिएलमा भने उनी पुरै समय बेन्चमै बसेका थिए ।

सन्दिपले २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button