करेन्ट लागेर एक जनाको मृत्यु
सिन्धुपाल्चोक । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ मा बत्ति बनाउने क्रममा सोही पालिकाका वडा नम्बर ६का २८ वर्षीय सुर्यनारायण गिरिको मृत्यु भएको वडा अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।
विगत ३ दिनदेखि बत्ति बिग्रेको र मर्मत गर्ने क्रममा हाँडी खोला वित्तीय समुदाय सहकारी संस्थाबाट सञ्चालित ११ हजार किलो वाडको मिनी हाइड्रोका कर्मचारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
उक्त शबलाई पोष्टमाटम रिपोर्टका लागि मेलम्ची ल्याउने तयारी भइरहेको तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्