तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

सप्तरी  । सप्तरीको बोदेबसाइन नगरपालिका आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स ११ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा खडक नगरपालिका वडा नम्बर ९ लालपटीका ३१ वर्षीय मोटरसाइकल चालक मो. लियाकत अलीको मृत्यु भएको हो ।

उपचारका लागि स्थानीय जीवनदिप हस्पिटलमा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button