तपाईँ सुन्दै हुनुहुन्छः

९८ दशमलव ७ प्रतिशत संक्रमित निको

file photo
काठमाडौँ । आज देशभर ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर ३ हजार ५ सय ४१ वटा नमुनाको परीक्षण गर्दा ५४ पुरुष र ४२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ ।
यस्तै कोरोना सङ्क्रमणबाट आज १ सय ११ जना निको भएका छन् । यो सँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।
तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छन् ।
देशभरका १ हजार ६ सय ३ सक्रिय संक्रमित मध्ये ६१ जनाको आइसियु र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button