विकास योजना समयमै सक्ने गरी लाग्न कार्यालय प्रमुखलाई निर्देशन

अछाम । अछाम जिल्लाका कार्यालय प्रमुखहरूको बैठक बयालपाटा अस्पतालमा सम्पन्न भएको छ ।
मासिक बैठक अन्तर्गत फागुन महिनाको बैठक बयालपाटा अस्पतालमा सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय अछामको आयोजना तथा बयालपाटा अस्पतालको सहकार्यमा बैठक सम्पन्न भएको बैठकको अध्यक्षता गर्नुभएका अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।
बैठकमा बयालपाटा अस्पतालले प्रदान गरिरहेका सेवा र अस्पतालको स्थितिका बारेमा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो भने अस्पतालका चुनौती र समस्याका विषयमा छलफल भएको थियो ।
अस्पतालले दिइरहेको सेवा दीर्घकालीन गर्न स्थानीय निकायलाई सहयोगका लागि आग्रह गर्ने र सोको सहजीकरण आफूले गर्ने प्रजिअ उपाध्यायले बचन दिनुभएको छ ।
यस्तै बैठकमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले विभिन्न कार्यालयबाट भइरहेका कामका बारेमा जानकारी लिनुभयो ।
साथै उहाँले जिल्लामा भइहरेका विकास निर्माण लगायतका क्षेत्रमा बढी केन्द्रित भएर छिटो काम सक्ने गरी पहल गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभयो ।
जिल्लामा हुने गरेका विभिन्न विकास निर्माणका कामहरूको प्रभावकारी अनुगमन हुनुपर्नेमा प्रजिअ उपाध्यायको जोड थियो ।
सड्क छेउछाउमा अतिक्रमण गरी निर्माण गरिएका टहरा तथा सामान र अन्य फोहोर थुपार्ने कार्य तत्काल हटाउनका लागि सम्बन्धित पालिकाले सूचना जारी गर्ने निर्णय समेत बैठकमा भएको छ ।
साथै फागुन ७ गते प्रजातन्त्र दिवस सफल पार्न र सभ्य रुपमा मनाउन आवश्यक तयारी स्वरूप समन्वय तथा छलफल गर्ने तथा छाउपडी कुप्रथालाई न्यूनीकरण गर्न दोस्रो चरणमा सम्बन्धित पालिकाले अनुगमन गर्ने त्यसको प्रतिवेदन पेस गर्ने लगायतका निर्णय समेत गरिएको छ ।
बैठक सुरु हुनुपुर्व सहभागीहरूको सामान्य स्वास्थ्य परिक्षण पनि गरिएको थियो । बयालपाटा अस्पतालमा कार्यरत नर्सहरू निरा पुनमगर र पार्वती टमट्टाले बैठकमा सहभागीहरूको रक्तचाप लगायतकाहरेक कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी तथा पारदर्शी रुपमा अगाडी बढाउन समेत प्रजिअ उपाध्यायले सबै कार्यालय प्रमुखलाई आग्रह गर्नुभएको थियो ।
मासिक रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती रुपमा बैठक गर्ने निर्णय भए अनुसार यस पटकको बैठक बयालपाटा अस्पतालमा गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्