भूमि समस्या समाधानको लागि सरकार प्रतिबद्ध : मन्त्री नेम्बाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बर्षौदेखिको अव्यवस्थित बसोबासको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
पाँचथर जिल्लाको फिदिममा आज भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा बोल्नुहुँदै मन्त्री नेम्बाङले सो कुरा बताउनु भएको हो ।
मन्त्री नेम्बाङले देशभर समस्याको रुपमा रहेको सुकुम्वासी समस्या तथा अव्यवस्थित बसोबास समाधान गर्न सरकारले ऐन निर्माण गरी सो समस्या समाधान गर्ने कार्यमा लागिरहेको बताउनुभयो ।
कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग पाँचथरका अध्यक्ष करुणा राईलाई सो आयोगको कार्यालय स्थापना गरी पदभार ग्रहण गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्