सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । विहिबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ८९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८९ हजार ८ सयमा कारोबार भएको थियो ।त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७५० रहेको छ ।
त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्