तपाईँ सुन्दै हुनुहुन्छः

चार उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर

बारा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चार उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ ।

बारा जिल्लामा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, गणपति वनस्पति उद्योग र कुसुम आयल प्रालिले विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकाले खाद्य ऐन २०२३ र दाना ऐन २०३३ अन्तर्गत ती उद्योगमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले बताउनुभयो ।

ती उद्योगको उत्पादन गर्ने वस्तुको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु भेटिएकाले ती उद्योगहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिएको प्रमुख राउतले बताउनुभयो ।

हाल कार्यालयले नयाँ तथा पुराना गरी ६० मुद्दा अनुसन्धानको क्रममा रहेको र कार्यालयले बारा र पर्साका उद्योग तथा बजारको अनुगमन गरी खाद्य नमूना ५५ वटा र दाना नमूना १० वटा सङ्कलन गरी परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button