तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक २६११.४५ विन्दुमा

काठमाडौँ । बुधवार नेपाली शेयर बजारको परिसूचक नेप्से १० अङ्कले बढेर नयाँ रेकर्ड बनाउँदै उच्च विन्दुमा पुगेको छ । मङ्गलवारको उच्च २६०१.५१ विन्दुको रेकर्ड तोड्दै नेप्से सूचक नयाँ उचाईमा पुगेको हो ।

यस दिन नेप्से सूचक ०.३८ प्रतिशत ९.९४ अङ्कले बढेर २६११.४५ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । सूचक उच्च विन्दुमा पुगे पनि कारोबार रकम भने घटेको छ ।

यस दिन २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर किनबेच भएर ८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा मङ्गलवार भने १० अर्ब माथिको कारोबार भएको थियो । बुधवार कारोबारमा आएका १२ उपसमूहमध्ये पाँचको सूचक सकारात्मक देखिएका छन् भने ७ उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button