५ वटा औद्योगिक क्षेत्रको संरचना निर्माणको काम शुरु हुने
काठमाडौँ । सरकारले देशका विभिन्न भागमा निर्माण गर्ने घोषणा गरेको ५ वटा औद्योगिक क्षेत्रको संरचना निर्माणको काम शुरु हुने भएको छ ।
सरकारले कञ्चनपुरको दैजिमा औद्योगिक क्षेत्रको संरचना निर्माणको काम यही फागुन १० गतेबाट शुरु गर्ने उद्योग मन्त्रालयले जनाएको छ । औद्योगिक क्षेत्रको निर्माणको काम अघि बढाउन मन्त्रालयले कञ्चनपुरको दैजिमा औद्योगिक क्षेत्रको संरचना निर्माणको शिलान्यास गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कञ्चनपुरको दैजीसंगै क्रमिक रुपमा झापाको दमक, चितवनको शक्तिखोर, रुपन्देहीको मोतीपुर र बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रको संरचना निर्माणको काम अघि बढ्ने उद्योग मन्त्रालयले जनाएको छ ।
त्यसै गरी मन्त्रालयले देशका विभिन्न १६ स्थानहरूमा औद्योगिक ग्राम घोषणा गर्ने तयारी पनि अघि बढाएको जनाएको छ । मन्त्रालयले त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको पनि प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्