तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन । चितवनमा माडीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नम्बर ८ स्थित टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन जाने क्रममा बिहान करिब ९ः३० बजेको समयमा ना. ५ त. ३०४५ नम्बरको ट्याक्टर पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोही ठाउँका वर्ष २२ का ट्याक्टर चालक मनोज सुनारको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उनको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button