छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु
सप्तरी । सप्तरीमा घरको छतमा खेल्दै गरेको अवस्थाबाट खसेर एक जना बालकको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका दुई बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरी प्रबक्ता भुवनेश्वर साहले बताउनुभयो ।
मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्