शुक्लाफाटामा लाखौँ मूल्य बराबरको काठ कुहिँदै

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विभिन्न पोष्टहरुमा लाखौँ मूल्य बराबरको काठ कुहिने अवस्थामा रहेको छ ।
बेल्डाडी, अर्जुनीलगायतका विभिन्न पोष्टहरुमा सिसौ र सालका १५० भन्दा बढी क्युफिट काठ कुहिने अवस्थामा थन्किएको छ ।
काठ तस्करी मुद्दामा पक्राउ परेको काठ, फायर लाइनमा ढलेर बाटो अवरुद्ध गरेका रुखहरू काटेर नजिकको रेन्जर पोष्टहरुमा जम्मा गर्न गरेको मुद्दा शाखा प्रमुख रेन्जर यम बहादुर रावतले बताउनु भएको छ ।

उहाँले वन अपराध सम्बन्धी २० वटा मुद्दा फैसला हुन बाँकी रहेकाले सो मुद्दा फैसला भएपछि उक्त काठ नजिकको मध्यवर्ती समितिमार्फत जनताहरूलाई बिक्री गर्ने बताउनु भएको छ ।
समयमा मद्धाको टुङ्गो नलाग्दा लाखौँ मूल्य बराबरको काठ कुहिएर जाने गरेको स्थानीयको आरोप छ ।








प्रतिक्रिया राख्नुहोस्