तपाईँ सुन्दै हुनुहुन्छः

विपद् पोर्टल अनलाइन सञ्चालनमा 

विराटनगर । विराटनगर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय एकिकृत विपद् व्यवस्थापन  सूचना प्रणाली विपद् पोर्टल अनलाइन आजबाट सञ्चालनमा ल्याएको छ ।

प्राकृतिक  विपद्का  घटना, दुर्घटना तथा त्यसको न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेखहरू राखिएका छन् ।

अनलाइन  पोर्टलमा विगत ६ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटना तथा  न्यूनीकरणका लागि स्थानीयले सल्लाह र सुझाव दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

पोर्टलमा आगलागी, बाढी, भुईँचालो, दुर्घटना, प्रदूषण तथा  भूक्षय जस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले कुन ठाउँमा भयो भन्ने विषयमा सहजै जानकारी प्राप्त गर्न सकिने छ ।

अनलाइन पोर्टलको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभारम्भ  गर्नुहुँदै विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि पोर्टल उपयोगी हुने बताउनुभयो ।

महानगरले विपद् व्यवस्थापन तथा न्युुनिकरणका लागि प्रत्येक  वर्डामा  समिति गठन गरेर काम गरिरहेको भन्नुहुँदै जोखिम न्युकिरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउन सकिन्छ त्यस्ता  विषयहरू पोर्टलमा सहभागी हुनुपर्नेमा  उहाँले जोड दिनुभयो ।

नेपाल सरकार गृह मन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागहरूको सहकार्यमा  सञ्चालनमा ल्याइएको सो प्रणाली  र विराटनगर महानगरपालिकाले पनि  विधिवत् रुपमा शुभारम्भ गरेको महानगरपालिका विपद् व्यवस्थापनका सम्पर्क अधिकृत राजेन्द्र प्रधानले बताउनुभयो ।

कार्यक्रममा पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानगरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले त्यस्को  प्रभावकारिता र पोर्टलले कसरी काम गर्छ भन्ने विषयमा जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button