नरभक्षी बाघ नियन्त्रणका लागि प्राविधिक टोलीले काम सुरु गर्यो
धनगढी । कैलालीको मध्यवर्ती क्षेत्रमा आतङ्क मच्याउदै आएको नरभक्षी बाघ नियन्त्रणका लागि प्राविधिक टोलीले काम सुरु गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले कैलाली पुगेर बाघ नियन्त्रणका लागि आवश्यक काम थालेको वन कार्यालयले जनाएको छ ।
प्राविधिक टोली बाघ बस्ने ठाउँ पत्ता लगाउन जुटेको र त्यसका लागि विभिन्न स्थानमा क्यामेरा ट्र्याप गर्ने कार्य भएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । क्यामेरा ट्र्यापबाट ठाउँ पत्ता लागेपछि बाघ नियन्त्रणका लागि आवश्यक काम थालिने उहाँले बताउनुभयो ।
बाघको आक्रमणबाट गौरीगंगा नगरपालिका–५ की कला धामीको ज्यान गएको थियो । पछिल्लो समय बाघले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्याउदै आएको छ ।
बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । अझैसम्म बाघ नियन्त्रण नआउँदा स्थानीयवासी त्रसित देखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्