तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ–तराई मधेस द्रुत मार्ग : पूर्व योग्यता निर्धारणका विषयमा सम्बद्ध पक्षसँग छलफल

काठमाडौँ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेस द्रुत मार्ग निर्माणका क्रममा भएको पूर्व योग्यता निर्धारणका विषयमा सम्बद्ध पक्षसँग आज छलफल गरेको छ ।

आयोजनाले पहिलो चरणमा द्रुत मार्ग अन्तर्गत पर्ने सुरुङ र पुल निर्माणका लागि पूर्व योग्यता निर्धारण गर्दा जम्मा दुई वटा अन्तर्राष्ट्रिय कम्पनी मात्रै छनोटमा परेको सम्बन्धमा समितिले छलफल गरेको हो ।

बैठकमा रक्षा सचिव रेश्मिराज पाण्डेले २०८०/०८१ सम्ममा पुरा गरिसक्नु पर्ने कार्यादेश अनुसार नेपाली सेनाले नियम, कानुन भित्र रहेर काम गरिरहेको र आयोजनामा देखिएका समस्या समाधान भइसकेकाले तोकिएकै समयमा काम सम्पन्न हुने जानकारी दिनुभयो ।

छलफलमा आयोजना प्रमुख एवं नेपाली सेनाका सहायक रथी विकास पोखरेलले आयोजनाको काम समयमा नै सम्पन्न गरिसक्ने लक्ष्यका साथ पहिलो चारणमा आयोजना भित्र पर्ने सुरुङ र पुल निर्माणका लागि पूर्व योग्यता निर्धारण गरिएको जानकारी दिनुभयो ।

समितिले आयोजनामा पूर्व योग्यता निर्धारण सम्बन्धमा परेका उजुरी, कानुनी प्रक्रिया लगायतका विषयमा थप अध्ययन र छलफल गरी अगाडी बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button