मोटरसाइकल दुर्घटनामा झापामा एक युवकको मृत्यु

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराती झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
झापा गाउँपालिका वडा नं ७ स्थित कानोमाई खोलाको पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ६ शरणमती बस्ने वर्ष २२ का सनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्