वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्तीमा सेनालाई २ स्वर्ण
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्णसहित ४ पदक जितेको छ ।
मङ्गलवार कोशी गाउँपालिकामा सम्पन्न भएको कुस्ती प्रतियोगितामा नेपाली सेनाले महिलातर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको हो ।
सेनाको लागि सिवाङगी दुवे र सुशीला चन्दले स्वर्ण दिलाउनुभएको हो । पुरुष तर्फको प्रतिस्पर्धामा भने सेनाले १ रजत र १ कांस्य जितेको छ । प्रतियोगिता विभिन्न ४ वटा तौल समूहमा खेलाइएको थियो । खेलमा प्रदेश नम्बर ३ र नेपाल प्रहरीले एक–एक वटा स्वर्ण जितेको छ । दुवैले थप एक–एक कांस्य पदक जितेका छन् ।
प्रतियोगितामा प्रदेश नम्बर १ ले २ रजतसहित ४ पदक जितेको छ । प्रदेश नम्बर ५ ले एक रजत र एक कांस्य जित्दा ६ नम्बर प्रदेशले २ कांस्य जितेको छ । राष्ट्रिय कुस्ती प्रतियोगितामा २ विभागीय टिम नेपाल पुलिस र नेपाली सेनाले सहभागिता जनाएको थियो ।
प्रदेशतर्फ भने ४ र ७ नम्बर बाहेकका खेलाडीले प्रतिस्पर्धा जनाएको प्रतियोगिताका विजयी खेलाडीलाई पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी र पूर्व राखेप सदस्य शम्भु आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्