तपाईँ सुन्दै हुनुहुन्छः

भारततर्फ इन्धनको तस्करी गर्ने आयल ट्रेडर्समा शिल, ३ जना पक्राउ

वीरगञ्ज । नेपाल आयल निगम प्रदेश नम्बर २ को प्रादेशिक डिपो कार्यालय आमलेखगंजले इन्धन तस्करीको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा सञ्चालित श्वेता आयल ट्रेडर्समा शिल गरेको छ ।

आयल निगमबाट खरिद गरेको डिजेल भारतमा तस्करी गरेको भेटिएपछि श्वेता आलय ट्रेडर्सलाई शिल गरिएको नेपाल आयल निगम प्रदेश नम्बर २ को प्रादेशिक डिपो कार्यालय आमलेखगंजले जनाएको छ ।

नेपालबाट अवैध रूपले डिजेल भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले १ हजार ३ सय ६० लिटर डिजेल बोकेको ट्याङ्करसहित ३ जनालाई सोमबार पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरू विरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button