आगलागी पीडितलाई राहत उपलब्ध
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ४ का आगलागी पीडित पूर्णबहादुर विश्वकर्माको परिवारलाई राहत उपलब्ध गराइएको छ ।
माघ २९ गते राती अज्ञात व्यक्तिहरूबाट आगजनीबाट घर नष्ट भएका विश्वकर्माको परिवारलाई स्थानीय विपद् व्यवस्थापन समिति छथर गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटा र रेडक्रस कार्यालय धनकुटाले राहत उपलब्ध गराएको हो ।
विश्वकर्माको परिवारलाई गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अगुवाइमा गएको टोलीले उनको घरमा पुगेर राहत दिइएको हो ।








प्रतिक्रिया राख्नुहोस्