तपाईँ सुन्दै हुनुहुन्छः

तस्वीरमा हेर्नुहोस् प्रबलीकरण गरेर आधुनिक बनाइएको प्रधानमन्त्री कार्यालय

काठमाडौँ । भूकम्पले क्षति भएको सिंहदरबार अझ कलापूर्ण ढङ्गले प्रबलीकरण भएसँगै नेपाल सरकारको केन्द्रीय सचिवालय अब त्यसै स्थानबाट सञ्चालनमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको प्रमुख प्रशासनिक भवन सिंहदरबार पूर्वी मोहडा भवन सोमबार उद्घाटन गर्नुभएसँगै केन्द्रीय सचिवालय त्यहीँबाट सञ्चालनमा आउन थालेको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार भवनको उक्त खण्ड भूकम्पले क्षति पु¥याएपछि सो कार्यालय नजिकैको अर्काे भवनमा स्थानान्तरण गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमबार नै सिंहदरबारस्थित पहिलेकै स्थानमा सारिएको छ ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button