तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीका १३ व्यक्तिको इराकमा भएको हत्या प्रकरणमा अमेरिकी राजदूतसँग छलफल

उत्तरी इराकमा टर्कीका १३ नागरिकको हत्या भएको सम्बन्धमा वाशिङ्गटनले उदासिनता देखाएको आरोप लगाउँदै अङ्काराले टर्कीका लागि अमेरिकी राजदूतसँग सोमबार जानकारी लिएको छ ।

अमेरिकी राजदूतलाई बोलाई उक्त हत्या प्रकरणमा अङ्काराले प्रतिबन्धित कुर्दिश समूहमाथि दोष लगाएको छ ।

टर्कीको विदेश मन्त्रालयका अनुसार मन्त्रालयले अमेरिकी राजदूत डेभिड सेटरफील्डसँग घटनाबारे अन्काराको असन्तुष्टिलाई कडारूपमा प्रस्तुत गरेको उल्लेख गरिएको छ । अमेरिका टर्कीका नागरिकको इराकमा भएको हत्याका सम्बन्धमा दुःखी बनेको अमेरिकी राजदूतले बताउनुभएको स्थानीय समाचारहरूमा उल्लेख गरिएको छ ।

तर टर्कीले भने घटनामा अमेरिकाले उदासिनता देखाएको दावी गरेको छ ।
इराकी कूर्दिस लडाकू समूहले घटनामा टर्कीकै सेनाको सम्लग्नता रहेको दावी गरेको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button