५२ लाख क्षतिपूर्ति दिने सहमति पछि राईको शव उठ्यो
सङ्खुवासभा । गत माघ ३० गते सङ्खुवासभाको मकालु –५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्ग बहादुर राईको शव ४ दिन पछि आफन्तले जिम्मा लिएका छन् ।
पीडित पक्ष अरुण तेस्रो आयोजना, जयप्रकाश एसोसिएट कम्पनी (जेपि) र स्थानीय सरकार बिचको सहमति जुटेपछि सोमबार राईको शव आफन्तले जिम्मा लिएका हुन ।
ठक्करबाट मृत्यु भएका राईको परिवारलाई ५२ लाख रुपैयाँ दिन सहमति पछि शव चार दिन पछि उठाइएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेम कुमारीको सम्पूर्ण उपचार खर्च समेत व्यहोर्ने जनाएको छ ।
त्यस्तै मृतक राईका छोरा छोरीको पढाइ खर्च व्यवस्था गरी दिने, परिवारका दुई जनालाई रोजगारी उपलब्ध गराउने, काजकिरिया खर्च जयप्रकाश एसोसिएट कम्पनीले उपलब्ध गराउने सहमति भएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्