तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि कम्मल वितरण 

बझाङ । प्रगतिशील युवा समाज र वल्डभिजनको सहकार्यमा  विपन्न परिवारलाई कम्मल वितरण गरिएको छ । जिल्लाका २ वटा स्थानीय तहमा संस्थाले  कम्मल वितरण गरेको हो ।
मौसममा आएको परिवर्तन र चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारहरूलाई केही राहत होस भन्ने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २ सय र केदास्युँ गाउँपालिकामा २ सय गरी जम्मा ४ सय कम्मल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
संस्थाले कोरोना महामारीको समयमा पनि समुदाय स्तरमा गएर खाद्यान्न ,दाल, चामल, सरसफाइका सामानहरू तथा स्वास्थ्य सामाग्रीहरू पनि वितरण गरेको थियो । संस्थाले गरिब, दुखी, एकल महिला, बालबालिकाका परिवारहरूलाई बेलाबेलामा खाद्यान्न, लत्ताकपडा दिएर आफूहरूलाई ठुलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भन्डार घर भएकी आलिकुली रोकायाले बताउनु भयो ।
संस्थाले स्थानीय तहहरु सँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाहरूको गुणस्तरीय शिक्षा संरक्षण र जीविकोपार्जनका क्षेत्रमा समेत संस्थाले काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button