देखिने र अनुभूति हुने गरी उपलब्धि हासिल भएको छः मुख्यमन्त्री पोखरेल
घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले सङ्घीयता कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकारले बितेको तीन वर्षमा देखिने र अनुभूति गर्ने गरी उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा सोमबार राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा आयोजना गरिएको मूल समारोह कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले सङ्घीयताको मर्म अनुसार राजधानी र नामको टुङ्गो लगाएको बताउनुभयो ।
मुख्यमन्त्री पोख्रेलले प्रदेश राजधानीलाई नमुना राजधानीको रुपमा विकास गर्नका लागि राजधानी व्यवस्थापन र कार्यान्वयनको लागि प्रदेश सरकारले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गर्नुभयो ।
प्रदेश सरकार स्थापना भएपछि पूर्वाधार विकासमा असाधारण उपलब्धि हासिल गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । उहाँले ४०३ किलोमिटर सडक कालोपत्रे, ४९४ किलोमिटर सडक ग्राभेल, ७८७ किलोमिटर कच्ची सडक निर्माण, ३३१ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको जानकारी दिनुभयो । यस्तै २८ ओटा नयाँ पक्की पुल निर्माण भएको, ९ ओटा झोलुङ्गे पुल बनेको, ७५ ओटा नयाँ पक्की पुलको डिपिआर तयार भएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले असोज ३ गते घोषणा गरेको विभिन्न पदकबाट ५८ जनालाई विभूषित गरिएको छ । बुद्ध शान्ति पदकबाट आचार्य डा. भिक्षु अमृतानन्दलाई मरणोप्रान्त विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाई मरणोप्रान्त विभूषित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्